सद्गुण र आचरण
अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
Available in 65 languages
«अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : «के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"»Meaning translation ·
Saved at original quality








