Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:

Available in 48 languages
«अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "निश्चय नै, धेरै सराप दिने मानिसहरू कियामतको दिन न त साक्षी हुनेछन्, न त सिफारिसकर्ता (शफाअत गर्नेवाला) नै हुनेछन्।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले निर्दोष व्यक्तिहरूलाई धेरै सराप्छ (ला'नत गर्छ), ऊ दुईवटा सजायको भागीदार बन्छन्: पहिलो: ऊ कयामतको दिन अन्य उम्मत (सामुदाय) का सामु उनीहरूका रसुलहरूले सन्देश पुर्‍याएका थिए भन्ने कुराको साक्षी बन्न पाउने छैन; उसको पापकर्म (फिस्क) का कारण संसारमा पनि उसको कुनै साक्षी स्वीकार गरिने छैन; र उसले अल्लाहको बाटोमा ज्यान गुमाएर पाइने 'शहादत' (सहिद हुने सौभाग्य) पनि प्राप्त गर्ने छैन। दोस्रो: कयामतको दिन जब आस्थावानहरूले आगो (नरक) को सजाय पाउन लागेका आफ्ना भाइहरूको लागि सिफारिस (शफाअत) गर्नेछन्, तब यस्ता (शाप दिने बानी भएको) व्यक्तिले कसैको लागि पनि सिफारिस गर्न हक पाउने छैन।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality