Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,

Available in 70 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (उपदेश दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्‍याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

एक जना सहाबा मध्ये अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही लाभदायक कुरा बताउन आग्रह गरे र उहाँले रिसाउनु हुँदैन भन्नुभयो । अर्थात्, पहिले तपाईं रिस उठ्ने कुराबाट टाढा रहनुहोस् र यदि रिस उठ्यो भने आफूलाई नियन्त्रण गर्नुहोस् र क्रोधित भएको बेला हत्या, हिंसा र गालीगलौज इत्यादिबाट जोगिनुहोस् । उनले वसीयत गर्न बारम्बार दोहोर्‍याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।

Source
बुखारीले वर्णन गरेका छन्
Download image

Saved at original quality