Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

Available in 71 languages
«उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्‍याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।

Source
तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
Download image

Saved at original quality