Hadith for the World
Tap the image to view it full size
अकीदा

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छ कि:

Available in 71 languages
«आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छ कि: मैले भने: हे अल्लाहको रसूल! "इब्न जुदआनले" जाहिलियत (इस्लाम पूर्व) को समयमा नातागोतालाई कायम राख्थे, गरिबहरूलाई खाना खुवाउँथे। के यो उनको लागि पुण्य-जनक हुनेछ ? उहाँले भन्नुभयो: "यी कर्महरुले उसलाई केही फाइदा दिने छैन किनभने उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अब्दुल्लाह बिन इब्न जुदआन"को बारेमा जानकारी दिनुभएको छ । जो इस्लामपूर्व कुरैशका प्रमुखहरू मध्ये एक थियो । उनले इस्लामले गर्न प्रोत्साहित गरेका पुण्य कार्यहरु जस्तै आफन्तसँग राम्रो व्यवहार गर्नु, सुख दु:खमा नाता कायम राख्नु र गरिबहरूलाई खाना खुवाउनु जस्ता धेरै राम्रा कामहरू गरेका थिए, तर यी कर्महरूले उनलाई परलोकमा कुनै फाइदा दिने छैन । किनकि उनी मुस्लिम थिएनन् र हे मेरा प्रभु! महाप्रलयको दिनमा मेरो पापहरू क्षमा गर्नुहोला भनेर कहिल्यै बिन्ती गरेनन् ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality