Hadith for the World
Tap the image to view it full size
अकीदा

जाबिर (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नुहुन्छ:

Available in 71 languages
«जाबिर (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नुहुन्छ: एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ती दुइ कर्महरूको बारेमा सोधे, जसलाइ गरेर एकजनाले निश्चित रुपमा स्वर्गमा प्रवेश पाउँछ भने अर्कोले निश्चित रुपमा नर्कको बास ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: एकेश्वरवादी भइ एक मात्र अल्लाहको उपासना गर्ने र उहाँसँग अरू कसैलाई साझेदार नबनाउने अवस्थामा मृत्यु हुँदा मानिस निश्चित रुपमा स्वर्गमा प्रवेश गर्ने छ । र जुन कर्मले गर्दा मानिस निश्चित रुपमा नर्कमा जानेछ, त्यो यो हो कि शिर्क मा लिप्त हुने अवस्थामा मानिसको मृत्यु होस , अर्थात अल्लाहको प्रभुत्व वा ईश्वरत्व मा वा उहाँको नाम र विशेषताहरूमा अरुलाई उहाँको समान र तुल्य मानेको अवस्थामा मानिसको मृत्यु होस।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality