NE
गुणहरू
तौहीद (एकेश्वरवाद) का सद्गुणहरू
4 hadiths
ज्ञानको विशेषता
8
तौहीद (एकेश्वरवाद) का सद्गुणहरू
4
पवित्र कुर्आनको सद्गुण
5
आमाबुवाको आज्ञाकारिताका विशेषताहरू
3
नातागोता कायम राख्नका विशेषताहरू
1
فضائل آل البيت رضي الله عنهم
4
असल कर्मका सद्गुणहरू
16
जिक्रका सद्गुणहरू
10
दुआका सद्गुणहरू
5
हृदय कार्यका गुणसद्गुणहरू
4
अंगहरूको कार्यका गुणसद्गुणहरू
6
4 hadiths
अबू-सईद अल्-खुदरी र अबू-हुरैरह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"
मुत्तफकुन अलैहि
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।
मुत्तफकुन अलैहि
मुआज (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँले भन्नुहुन्छ: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
मुत्तफकुन अलैहि
जाबिर (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नुहुन्छ: एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"
मुस्लिमले वर्णन गरेका छन्