Hadith for the World
गुणहरू

दुआका सद्गुणहरू

5 hadiths

5 hadiths

عَن أُمِّ الدَّرْدَاءِ وَ أَبِي الدَّرداءِ رَضيَ اللهُ عنهما أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ: «دَعْوَةُ الْمَرْءِ الْمُسْلِمِ لِأَخِيهِ بِظَهْرِ الْغَيْبِ مُسْتَجَابَةٌ، عِنْدَ رَأْسِهِ مَلَكٌ مُوَكَّلٌ كُلَّمَا دَعَا لِأَخِيهِ بِخَيْرٍ، قَالَ الْمَلَكُ الْمُوَكَّلُ بِهِ: آمِينَ وَلَكَ بِمِثْلٍ».رواه مسلم
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”मुस्लिमले वर्णन गरेका छन्
عن أبي هريرة أن رسول الله صلى الله عليه وسلم ذكر يوم الجمعة، فقال: «فيه ساعة، لا يوافقها عبدٌ مسلمٌ، وهو قائم يصلي، يسأل الله تعالى شيئًا، إلا أعطاه إياه» وأشار بيده يقللها.متفق عليه