Hadith for the World
सद्गुण र आचरण

हृदयस्पर्शी भाषण र प्रवचन

63 hadiths

63 hadiths

अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : «के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"मुत्तफकुन अलैहि
عن أنس بن مالك رضي الله عنه أنَّ رَجُلاً كَانَ عِند النَبِيَّ صلى الله عليه وسلم فَمَرَّ رَجُلٌ بِهِ، فقال: يا رسول الله، أنِّي لَأُحِبُّ هَذَا، فَقَال لَهُ النَبِيُّ صلى الله عليه وسلم : «أَأَعْلَمْتَهُ؟» قال: لا. قال: «أَعْلِمْهُ»، فَلَحِقَهُ، فقال: إِنِّي أُحِبُّك فِي الله، فقال: أّحَبَّك الَّذِي أَحْبَبْتَنِي لَهُ.رواه أبو داود والنسائي في الكبرى وأحمد
عن أبي موسى الأشعري رضي الله عنه قَالَ: قالَ رسول اللَّه -صَلّى اللهُ عَلَيْهِ وسَلَّم-: «إِنَّ مِنْ إِجْلاَلِ الله -تَعَالَى-: إِكْرَامَ ذِي الشَّيْبَةِ المُسْلِمِ، وَحَامِلِ القُرْآنِ غَيرِ الغَالِي فِيه، وَالجَافِي عَنْه، وَإِكْرَام ذِي السُّلْطَان المُقْسِط».رواه أبو داود
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।बुखारीले वर्णन गरेका छन्
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु, किनकि बनु-इस्राइलको पहिलो विपत्ति (फित्ना,परीक्षा ) महिला प्रलोभन सँग सम्बन्धित थियो।"मुस्लिमले वर्णन गरेका छन्
عن عبد الله بن عمرو بن العاص رضي الله عنهما مرفوعاً: «ليس منا من لم يَرحمْ صغيرنا، ويَعرفْ شَرَفَ كبيرنا».رواه أبو داود والترمذي وأحمد
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।" अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"मुत्तफकुन अलैहि
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।”तिर्मीजी र अहमदले वर्णन गरेका छन्
सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सर्वशक्तिमान् अल्लाह भन्नुहुन्छ: म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु ।"मुस्लिमले वर्णन गरेका छन्
उबादा बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"मुत्तफकुन अलैहि
عن معاذ بن جبل رضي الله عنه عن رسول الله صلى الله عليه وسلم أنه قال: «قَالَ اللهُ -عَزَّ وجَلَّ-: المُتَحَابُّون فِي جَلاَلِي، لَهُم مَنَابِرُ مِن نُورٍ يَغْبِطُهُم النَبِيُّونَ والشُهَدَاء».رواه الترمذي وأحمد
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"बुखारीले वर्णन गरेका छन्
عَنْ أَبِي هُرَيْرَةَ رَضيَ اللهُ عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «الدُّنْيَا سِجْنُ الْمُؤْمِنِ وَجَنَّةُ الْكَافِرِ».رواه مسلم
عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال: «إنَّ في الجنَّة مائةَ دَرَجَة أعَدَّهَا الله للمُجاهِدين في سَبِيل الله ما بَيْنَ الدَّرَجَتَيْنِ كما بين السماء والأرض».رواه البخاري
عن سهل بن سعد الساعدي ـرضي الله عنه- قَالَ رَسُول اللَّه -صَلّى اللهُ عَلَيْهِ وسَلَّم-: «لو كانت الدنيا تَعدل عند الله جَناح بَعوضة، ما سَقَى كافراً منها شَرْبَة ماء».رواه الترمذي
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।" "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा गरिनेछ, ती व्यक्तिहरूबाहेक जसले सार्वजनिक रूपमा पापहरू गर्छन्। पाप सार्वजनिक गर्नुको अर्थ यो हो कि कुनै व्यक्तिले रातको समयमा कुनै पाप गर्छ र अल्लाहले उसको पापलाई कसैलाई थाहा लाग्न दिनुहुन्न, (तर) ऊ बिहान उठेर भन्छ: 'हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें।' यसरी अल्लाहले ढाकिदिनुभएको पापको आवरण उसले आफैँले च्यातिदिन्छ।"मुत्तफकुन अलैहि
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई उहाँको निधन भन्दा तीन दिनअघि यस्तो भन्दै गरेको सुने: "तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।"मुस्लिमले वर्णन गरेका छन्
عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رَضيَ اللهُ عنهُ أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «يَا أَبَا سَعِيدٍ، مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ نَبِيًّا، وَجَبَتْ لَهُ الْجَنَّةُ»، فَعَجِبَ لَهَا أَبُو سَعِيدٍ، فَقَالَ: أَعِدْهَا عَلَيَّ يَا رَسُولَ اللهِ، فَفَعَلَ، ثُمَّ قَالَ: «وَأُخْرَى يُرْفَعُ بِهَا الْعَبْدُ مِائَةَ دَرَجَةٍ فِي الْجَنَّةِ، مَا بَيْنَ كُلِّ دَرَجَتَيْنِ كَمَا بَيْنَ السَّمَاءِ وَالْأَرْضِ»، قَالَ: وَمَا هِيَ يَا رَسُولَ اللهِ؟ قَالَ: «الْجِهَادُ فِي سَبِيلِ اللهِ، الْجِهَادُ فِي سَبِيلِ اللهِ».رواه مسلم
عن أنس رضي الله عنه مرفوعاً: «يَتْبَعُ الميتَ ثلاثةٌ: أهْلُه ومَالُه وعَمَلُه، فيرجع اثنان ويَبْقى واحد: يرجع أهْلُه ومَالُه، ويبقى عَمَلُه».متفق عليه
عن أنس بن مالك رضي الله عنه مرفوعاً: «يُؤتى بأنعم أهل الدنيا من أهل النار يوم القيامة، فَيُصْبَغُ في النار صَبْغَةً، ثم يقال: يا ابن آدم، هل رأيت خيرًا قطُّ؟ هل مَرَّ بك نَعِيمٌ قطُّ؟ فيقول: لا والله يا رب، وَيُؤْتَى بأشدِّ الناس بُؤسًا في الدنيا من أهل الجَنَّة، فَيُصْبَغُ صَبْغَةً في الجنَّة، فيقال له: يا ابن آدم، هل رأيت بُؤسًا قط؟ هل مَرَّ بك شِدَّةٌ قط؟ فيقول: لا والله، ما مَرَّ بي بُؤْسٌ قطٌّ، ولا رأيت شِدةً قَطُّ».رواه مسلم
नव्वास बिन सिमआन अल-अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) लाई भलाइ (पुण्य) र पापको बारेमा सोधेँ। उहाँले भन्नुभयो: «पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।मुस्लिमले वर्णन गरेका छन्