सद्गुण र आचरण
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
Available in 71 languages
«उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबै कर्महरू नियत (मनसाय) मा आधारित छन् र व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ। त्यसैले, जसको हिजरत (प्रवास/बसाईं सराई) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि [मान्य] हुनेछ र जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत त्यहि उदेश्य अनुरुप हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ ।"»Meaning translation ·
Saved at original quality






