Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबु हुरैरह् (रजिअल्लाहु अनहु) बाट वर्णन छ, उहाँ भन्नुहुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः

Available in 62 languages
«अबु हुरैरह् (रजिअल्लाहु अनहु) बाट वर्णन छ, उहाँ भन्नुहुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः "जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ । जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् । जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ। अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ। जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्। जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ। जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रष्ट पार्नुभयो कि अल्लाहको नजरमा मुस्लिमलाई त्यही किसिमको पुण्य र प्रतिफल प्राप्त हुन्छ, जुन उसले अरू मुस्लिमहरूसँग व्यवहार गर्छ। जसले कुनै मुस्लिमबाट दुनियाको कुनै कठिनाइ वा पीडा हटाउँदछ भने अल्लाह तआलाले त्यसको बदलामा उसलाई कयामतको दिनका कठिनाइहरू र कष्टहरू मध्ये कुनै एक कठिनाइबाट मुक्ति दिनुहुनेछ। जसले कुनै कठिनाइमा परेका (ऋणी वा पीडित) व्यक्तिलाई सजिलो बनायो, उसमाथिको कठिनाइ हटायो र उसको बोझ हल्का गर्‍यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा सजिलो र राहत प्रदान गर्नुहुनेछ। जसले कुनै मुस्लिमको कमजोरी वा गल्ती (जसको भेद खुल्न उचित हुँदैन) लुकायो र उसको इज्जत ढाक्यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा ढाक्नुहुनेछ । अल्लाह आफ्नो भक्त (मोमिन) को सहयोगी रही रहनुहुन्छ, जबसम्म त्यो भक्त (मोमिन) आफ्ना धार्मिक र सांसारिक कामहरूमा आफ्ना भाइ (मुस्लिम) को मद्दत गर्न लागिपरेको हुन्छ। यो मद्दत दुआद्वारा, भौतिक सहयोगद्वारा, आर्थिक सहयोगद्वारा वा अन्य कुनै तरिकाबाट हुन सक्छ। जसले अल्लाहको खुशी/प्रशन्नता प्राप्तिको नीयतले धार्मिक ज्ञान हासिल गर्नको लागि यात्रा गर्‍यो (वा प्रयास गर्‍यो), अल्लाह तआला उसलाई त्यस ज्ञानको कारण स्वर्गतर्फ जाने बाटो सजिलो बनाइदिनुहुन्छ। जब कुनै समूह अल्लाहका घरहरूमध्ये (मस्जिद) कुनै घरमा भेला हुन्छन् र अल्लाहको किताब (कुरआन) तिलावत गर्छन् र आपसमा त्यसको अध्ययन गर्छन्, तब उनीहरूमा अमन र शान्ति अवतरण हुन्छ, सम्मान र गम्भीरता (वकार) ले तिनीहरूलाई ढाक्छ, अल्लाहको रहमतले उनीहरूलाई घेर्छ, फरिश्ताहरूले तिनीहरूलाई घेर्छन् र अल्लाह तआला आफ्ना नजिकका फरिश्ताहरूको बीचमा उनीहरूको प्रशंसा गर्नुहुन्छ। यसभन्दा ठूलो सम्मान के हुन सक्छ, अल्लाह स्वयं आफ्नो भक्तको नाम उच्च सभामा लिनुहुन्छ। जसको कर्म (अमल) अधूरो हुन्छ, उसलाई राम्रो काम गर्नेहरूको दर्जासम्म पुग्न दिइँदैन। त्यसैले कसैले पनि आफ्नो वंशको इज्जत र पूर्वजहरूको महानताको भरमा मात्र निर्भर गरेर काममा लापरबाही गर्नु हुँदैन।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality