Hadith for the World

All hadiths

The complete card collection, filter by chapter

655 hadiths

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
عن أبي هريرة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول: «ما نهيتكم عنه فاجتنبوه، وما أمرتكم به فأْتُوا منه ما استطعتم، فإنما أَهلَكَ الذين من قبلكم كثرةُ مسائلهم واختلافهم على أنبيائهم».متفق عليه
अबु हुरैरह् (रजिअल्लाहु अनहु) बाट वर्णन छ, उहाँ भन्नुहुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः "जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ । जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् । जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ। अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ। जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्। जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ। जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"मुस्लिमले वर्णन गरेका छन्
عن أبي هريرة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول: «وَاللهِ إني لأَسْتَغْفِرُ اللهَ وأَتُوبُ إليهِ في اليومِ أَكْثَرَ من سَبْعِينَ مَرَّةً».رواه البخاري
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का एक सहाबी अगर्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: "हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"मुस्लिमले वर्णन गरेका छन्
अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर । हे मेरा सेवकहरू! मैले मार्गनिर्देशन गरेका बाहेक तिमीहरू सबैजना पथभ्रष्ट छौ, त्यसैले मसँग मार्गदर्शन माग, म तिमीहरूलाई सीधा बाटो देखाउनेछु । हे मेरा सेवकहरू! मैले खुवाउनेहरू बाहेक तिमीहरू सबैजना भोका छौ, त्यसैले मसँग जीविका माग, म तिमीहरूलाई जीविका दिनेछु । हे मेरा सेवकहरू! जसलाई मैले लुगा प्रदान गरेको छु त्यो बाहेक तिमीहरू सबैजना नाङ्गै छौ, त्यसैले मसँग लुगा माग, म तिमीहरूलाई लुगा दिनेछु । हे मेरा सेवकहरू! तिमी दिनरात गल्ती गर्छौ र म तिमीहरूका सबै पापहरू माफ गर्छु, त्यसैले मसँग माफी माग, म तिमीहरूलाई क्षमा गर्नेछु । हे मेरा सेवकहरू! तिमीहरू सबैजना नत मलाई हानि पुर्याउन सक्छौ नत कुनै फाइदा नै । यदि तिमीहरू मध्येको पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू, सबै भन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले मेरो राज्यमा अलिकति पनि वृद्धि गर्ने छैन । हे मेरा सेवकहरू! यदि तिमीहरू मध्ये पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू सबै भन्दा पापी व्यक्तिको झैं भए पनि यसले मेरो राज्यमाथी कुनै कमी हुने छैन । हे मेरा सेवकहरू, यदि तिमीहरूमध्ये पहिलो र अन्तिम व्यक्ति, तिमीहरूमध्येका मानव र जिन्न एकै ठाउँमा उभिएर मसँग माग्ने हो र मैले हरेक मानिसलाई उसले मागेको कुरा दिएँ भने त्यसो गर्दा मेरो सम्पत्तिबाट केही घट्ने छैन, जस्तै समुद्रमा सियो हालेर [निकाले पछी सियोमा टाँसीएको पानी ] ले समुन्द्रको पानीमा केही कमी हुँदैन । हे मेरा सेवकहरू! यो तिम्रा कर्महरू हुन् जसलाई म गणना गर्छु र त्यसको प्रतिफल दिन्छु । तसर्थ, जसले राम्रो पाउँछ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले अरू केही पायो, उसले आफूलाई मात्र दोष दिओस् ।"मुस्लिमले वर्णन गरेका छन्
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक दिन म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडी सवार थिएँ, जब उहाँले भन्नुभयो: "हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु । सुन, यदि सम्पूर्ण समुदायले तिमीलाई फाइदा पुर्‍याउन एकजुट भए भने, तब तिनीहरुले तिमीलाई त्यति नै फाइदा पुर्याउन सक्छन् जति अल्लाहले तिम्रो भाग्यमा लेख्नुभएको छ र यदि सबैले तिमीलाई हानि पुर्‍याउन चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी हानि गर्न सक्दैनन् । भाग्यका कलमहरू उठाइए र [तकदीरको] किताब [हरूका हरफ] सुकाई सकिएका छन् ।”तिर्मीजीले वर्णन गरेका छन्
عن أبي ذر رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم :«عُرِضَتْ عَلَيَّ أعمالُ أُمتي، حَسَنُهَا وسَيِّئُهَا فَوَجَدتُ في مَحَاسِنِ أَعْمَالِهَا الأَذَى يُمَاطُ عَنِ الطَّرِيقِ، ووَجَدتُ في مَسَاوِئِ أَعْمَالِهَا النُّخَاعَةُ تَكُونُ في المَسْجِدِ لا تُدْفَنُ».رواه مسلم
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्, तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । त्यसपछि उसले फेरि पाप गर्यो र भन्यो: हे मेरो पालनकर्ता, मेरो पापहरू क्षमा गर्नुहोस्! तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । [हे मेरा उपासक] तिमी जे चाहन्छौ गर, मैले तिमीलाई क्षमा गरें ।”मुत्तफकुन अलैहि
عن أبي أمامة رضي الله عنه أن النبي صلى الله عليه وسلم كَانَ إذا رَفَعَ مَائِدَتَهُ، قال: «الحَمْدُ للهِ حَمْدًا كَثِيرًا طَيِّبًا مُبَارَكًا فِيهِ، غَيْرَ مَكْفِيٍّ، وَلَا مُوَدَّعٍ، وَلَا مُسْتَغْنًى عَنْهُ رَبَّنَا».رواه البخاري
عن عائشة رضي الله عنها قالت: كان رسولُ اللهِ صلى الله عليه وسلم إذا فَاتَتْهُ الصَّلَاةُ مِنَ الليلِ مِن وَجَعٍ أَوْ غَيْرِهِ، صَلَّى من النَّهَارِ ثِنْتَيْ عَشْرَةَ رَكْعَةً.رواه مسلم
عن عائشة رضي الله عنها والمغيرة بن شعبة رضي الله عنه : أن النبي صلى الله عليه وسلم كان يقوم من الليل حتى تَتَفَطَّرَ قَدَمَاهُ فقلت له: لم تَصْنَعُ هذا يا رسول الله، وقد غفر اللهُ لك ما تقدم من ذنبك وما تأخر؟ قال: «أَفَلَا أحب أن أكونَ عبدا شَكُورًا».حديث عائشة -رضي الله عنها-: متفق عليه. حديث المغيرة بن شعبة -رضي الله عنه-: متفق عليه
عن أبي هريرة رضي الله عنه أن النبي صلى الله عليه وسلم قال: «لا يُلْدَغُ المؤمنُ من جُحْرٍ واحد مرتين».متفق عليه
عَنْ أَبِي هُرَيْرَةَ رَضيَ اللهُ عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَ: «أَحَبُّ الْبِلَادِ إِلَى اللهِ مَسَاجِدُهَا، وَأَبْغَضُ الْبِلَادِ إِلَى اللهِ أَسْوَاقُهَا».رواه مسلم
जरीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"मुस्लिमले वर्णन गरेका छन्
عن أنس رضي الله عنه قَالَ: كُنْتُ أمشي مَعَ رسول الله صلى الله عليه وسلم وَعَلَيْهِ بُرْد نَجْرَانيٌّ غَلِيظُ الحَاشِيَةِ، فأدْرَكَهُ أعْرَابِي فَجَبذَهُ بِرِدَائِهِ جَبْذَة شَديدة، فَنَظَرْتُ إِلَى صَفْحَةِ عَاتِقِ النَّبيِّ صلى الله عليه وسلم وَقَدْ أثَّرَتْ بِهَا حَاشِيَة الرِّدَاءِ مِنْ شِدَّةِ جَبْذَتِه، ثُمَّ قَالَ: يَا مُحَمَّدُ، مُر لِي مِنْ مَالِ اللهِ الَّذِي عِنْدَكَ. فَالتَفَتَ إِلَيْهِ، فَضَحِكَ ثُمَّ أَمَرَ لَهُ بِعَطَاءٍ.متفق عليه
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ।" सोधियो: हे अल्लाहका रसूल! इन्कार गर्नेहरू को हुनेछन्? उहाँले भन्नुभयो: "जसले मेरो आदेशको पालना गर्छ उसले स्वर्गमा प्रवेश गर्नेछ र जसले मेरो आज्ञा पालन गर्दैन उसले इन्कार गर्यो ।”बुखारीले वर्णन गरेका छन्
अबू-बर्जह अल्-अस्लमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कयामतको दिन कुनै पनि व्यक्तिले आफ्नो स्थानबाट एक पाइला पनि सार्न पाउनेछैन,(अथार्त् आफु उभिएको ठाउँ छोड्न सक्ने छैन) जबसम्म उससँग पाँच प्रश्नहरूको जवाफ सोधिँदैन: उसले आफ्नो जीवनकाल कहाँ र कसरी बितायो?, उसले प्राप्त गरेको ज्ञान अनुसार कतिको कर्म गर्‍यो?, उसले कमाएको धन कहाँबाट कमायो र कहाँ खर्च गर्‍यो?, र आफ्नो शरीर (र जवानी) लाई कसरी प्रयोग गर्‍यो?“तिर्मीजीले वर्णन गरेका छन्
عن أبي هريرة رضي الله عنه مرفوعاً: «لما خلق اللهُ الخَلْقَ كتب في كتاب، فهو عنده فوق العرش: إن رحمتي تَغْلِبُ غضبي». وفي رواية: «غَلَبَتْ غضبي» وفي رواية: «سَبَقَتْ غضبي».متفق عليه
عَنْ أَنَسٍ رَضيَ اللهُ عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لَوْ كَانَ لِابْنِ آدَمَ وَادِيَانِ مِنْ مَالٍ لَابْتَغَى وَادِيًا ثَالِثًا، وَلَا يَمْلَأُ جَوْفَ ابْنِ آدَمَ إِلَّا التُّرَابُ، وَيَتُوبُ اللهُ عَلَى مَنْ تَابَ».متفق عليه
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।"मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه قال: ما عاب رسول الله صلى الله عليه وسلم طعاما قط، إن اشتهاه أكله، وإن كرهه تركه.متفق عليه
عن أبي سعيد الخدري رضي الله عنه مرفوعاً: أنَّ ناسًا من الأنصارِ سألوا رسولَ الله - صلى الله عليه وسلم - فأعطاهم، ثم سألوه فأعطاهم، حتى نَفِدَ ما عنده، فقال لهم حين أنفقَ كلَّ شيءٍ بيده: «ما يَكُنْ عندي من خيرٍ فلن أَدَّخِرَهُ عَنْكُم، ومَنْ يَسْتَعْفِفْ يُعِفِّهُ اللهُ، ومَنْ يَسْتَغْنِ يُغْنِهِ اللهُ، ومَنْ يَتَصَبَّرْ يُصَبِّرْهُ اللهُ. وما أُعْطِيَ أَحَدٌ عطاءً خَيرًا وأَوسع من الصبرِ».متفق عليه