Hadith for the World

All hadiths

The complete card collection, filter by chapter

655 hadiths

عن أنس بن مالك رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «للَّهُ أَفْرَحُ بِتَوْبَةِ عَبْدِهِ مِنْ أَحَدِكُمْ، سَقَطَ عَلَى بَعِيرِهِ، وَقَدْ أَضَلَّهُ فِي أَرْضِ فَلاَةٍ». وفي رواية: «لَلَّهُ أَشَدُّ فَرَحًا بِتَوْبَةِ عَبْدِهِ حِينَ يَتُوبُ إِلَيْهِ، مِنْ أَحَدِكُمْ كَانَ عَلَى رَاحِلَتِهِ بِأَرْضِ فَلَاةٍ، فَانْفَلَتَتْ مِنْهُ وَعَلَيْهَا طَعَامُهُ وَشَرَابُهُ، فَأَيِسَ مِنْهَا، فَأَتَى شَجَرَةً، فَاضْطَجَعَ فِي ظِلِّهَا، وقَدْ أَيِسَ مِنْ رَاحِلَتِهِ، فَبَيْنَا هُوَ كَذَلِكَ إِذَا هُوَ بِهَا، قَائِمَةً عِنْدَهُ، فَأَخَذَ بِخِطَامِهَا، ثُمَّ قَالَ مِنْ شِدَّةِ الْفَرَحِ: اللهُمَّ أَنْتَ عَبْدِي وَأَنَا رَبُّكَ! أَخْطَأَ مِنْ شِدَّةِ الْفَرَح».متفق عليه والرواية الأولى لفظ البخاري، والرواية الثانية لفظ مسلم
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”मुस्लिमले वर्णन गरेका छन्
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई नर्कको आगोबाट सत्तरी वर्षको दुरी बराबर टाढा गरिदिनुहुनेछ।"मुत्तफकुन अलैहि
सह्ल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।"मुत्तफकुन अलैहि
जैद बिन साबित (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: "हामीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सेहरी खाना खायौं, त्यसपछि नमाज पढ्न गयौं। अनसले भने: मैले उहाँलाई सोधें: अजान र सेहरी नमाजको बीचमा कति समय थियो? उहाँले जवाफ दिनुभयो: पचास आयतहरू पढ्ने बराबर समय।"मुत्तफकुन अलैहि
सम्पूर्ण मुमिनहरूको आमा; नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्: “नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने गर्नुहुन्थ्यो; र उहाँको वफातपश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि इअ्तिकाफ बस्नुभयो।”मुत्तफकुन अलैहि
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको : “तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”मुत्तफकुन अलैहि
عَنْ جَابِرِ بْنِ عَبْدِ اللَّهِ رَضِيَ اللَّهُ عَنْهُما قَالَ: كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي سَفَرٍ، فَرَأَى زِحَامًا وَرَجُلًا قَدْ ظُلِّلَ عَلَيْهِ، فَقَالَ: «مَا هَذَا؟»، فَقَالُوا: صَائِمٌ، فَقَالَ: «لَيْسَ مِنَ البِرِّ الصَّوْمُ فِي السَّفَرِ»، وَفِي لَفْظٍ لِمُسلِمٍ: «عَلَيْكُمْ بِرُخْصَةِ اللهِ الَّذِي رَخَّصَ لَكُمْ».متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।"मुत्तफकुन अलैहि
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई ईदको नमाजको लागि निस्कनु अघि नै चुक्ता गर्ने आदेश दिनुभएको छ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"मुत्तफकुन अलैहि
عن عائشة وأم سلمة رضي الله عنهما «أن رسول الله صلى الله عليه وسلم كان يُدْرِكُهُ الفجر وهو جُنٌبٌ من أهله، ثم يغتسل ويصوم ».متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।"मुत्तफकुन अलैहि
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।मुत्तफकुन अलैहि
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।"मुत्तफकुन अलैहि
عن عمر بن الخطاب رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «إذا أقبل الليل من هَهُنا، وأَدْبَرَالنهار من ههنا، فقد أفطر الصائم».متفق عليه
इब्न उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: उनले भने : मैले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"मुस्लिमले वर्णन गरेका छन्
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबै कर्महरू नियत (मनसाय) मा आधारित छन् र व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ। त्यसैले, जसको हिजरत (प्रवास/बसाईं सराई) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि [मान्य] हुनेछ र जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत त्यहि उदेश्य अनुरुप हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ ।"मुत्तफकुन अलैहि
अबू हौरा सअदी (रहिमहुल्लाह) द्वारा वर्णन छ: मैले हसन बिन अली (रजियल्लाहु अनहुमा) सित सोधेँ: तपाईँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को के कुरा याद राख्नु भएको छ ? उहाँले भन्नुभयो : मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित यो याद राखेको छु : "जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।"رواه الترمذي والنسائي وأحمد
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक पाइलाको बदलामा उसले एक पुण्य पाउँछ र उसको एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म नमाज पढ्ने समयलाई पर्खि बस्छ, ऊ उपासनाको अवस्थामा मानिन्छ। त्यसैगरी, यदि कुनै व्यक्ति नमाज पढेर आफ्नो स्थानमा बसिरहन्छ, जबसम्म उसले कसैलाई दुःख दिँदैन वा उसको वुजु भङ्ग हुँदैन, तबसम्म फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि अल्लाहसँग यस्तो प्रार्थना गरिरहन्छन्: “हे अल्लाह! उमाथि दया गर्नुहोस्। हे अल्लाह! उसलाई माफ गरिदिनुहोस्। हे अल्लाह! उसको पश्चात्ताप स्वीकार गर्नुहोस्।”मुत्तफकुन अलैहि
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) द्वारा वर्णन छ, भन्नु हुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मेरा दुवै काँध समातेर भन्नुभयो : "दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) भन्ने गर्नु हुन्थ्यो " साँझ भयो भने बिहानको पर्खाइमा नबस र यदि बिहान भयो भने साँझ पर्ने प्रतीक्षा नगर । आफ्नो स्वास्थयबाट बिमारीको र आफ्नो जिन्दगीबाट मृत्युका लागि तयारी गरेर राख ।"बुखारीले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (उपदेश दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्‍याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।बुखारीले वर्णन गरेका छन्