Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जुन दुआहरू माग्नु हुन्थ्यो, तीमध्ये एउटा यो थियो:

Available in 53 languages
«अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जुन दुआहरू माग्नु हुन्थ्यो, तीमध्ये एउटा यो थियो: "हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले चार वटा कुराहरूबाट शरण माग्नु भएको छ: पहिलो : हे अल्लाह! म तपाईंको धार्मिक र सांसारिक आशीर्वाद गुमाउनबाट तपाईंको शरण चाहन्छु। म तपाईंसँग प्रार्थना गर्दछु, म इस्लाममा दृढ रहन सकूँ र आशीर्वाद गुमाउने पापहरूबाट टाढा रहन सकूँ। दोस्रो : तपाईँबाट मिलेका संरक्षण कष्टमा परिवर्तन न होस्; सो म तपाईंसित निरन्तर सुस्वास्थ्य एवं कष्ट र रोगहरूबाट रक्षाको लागि अनुरोध गर्दछु । तेस्रो :यो कुराबाट पनि कि कतै तपाईँको अचानक पकड न आ‌ओस् । किनभने मान्छेलाई अचानक पकड आयो वा सजाय दिइयो भने प्रायश्चित गर्ने र आफूलाई सुधार्ने मौका मिल्दैन । झन् समस्या ठुलो र मामिला कडा हुन जान्छ । चौथो: (र तपाईंको सम्पूर्ण क्रोध) र ती कारणहरू जसले तपाईंको क्रोध ल्याउँछ; किनभने जसप्रति तपाईं क्रोधित हुनुहुन्छ, ऊ निश्चय नै विफल र हानीग्रस्त हुन्छ। अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले "जमीअ" बहुवचन शब्द प्रयोग गर्नु भयो । ताकि उहाँको क्रोध निम्त्याउने सबै प्रकारका बोल र कर्म एवं निष्ठाहरू समावेश होस्।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality