Hadith for the World

All hadiths

The complete card collection, filter by chapter

655 hadiths

عن عمرو بن شعيب، عن أبيه، عن جده قال: قال رسول الله صلى الله عليه وسلم : «يَدُ المسلمين على مَن سِواهم، تَتَكافَأُ دِماؤهم وأموالُهم، ويُجِيرُ على المسلمين أدْناهم، ويَرُدُّ على المسلمين أَقْصَاهم».رواه أبو داود وابن ماجه وأحمد
عن عائشة رضي الله عنها : أنّ قومًا قالوا: يا رسول الله إنّ قومًا يأتوننا باللحم لا نَدري أَذَكروا اسمَ الله عليه أم لا، فقال رسول الله صلى الله عليه وسلم : «سَمُّوا الله عليه وكُلُوه».رواه البخاري
عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال: «إن لله تِسْعَةً، وتِسْعِينَ، اسْمًا، مِائَةً إلا واحدا مَنْ أَحْصَاهَا دخل الجنة».متفق عليه
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"मुत्तफकुन अलैहि
अबू-सईद अल्-खुदरी रजियल्लाहु अन्हु बाट उद्धृत गरिएको छ, उहाँ भन्नु हुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई भन्दै गरेको सुनें : "तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो"।मुस्लिमले वर्णन गरेका छन्
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"मुस्लिमले वर्णन गरेका छन्
मुआज (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँले भन्नुहुन्छ: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"मुत्तफकुन अलैहि
जाबिर (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नुहुन्छ: एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"मुस्लिमले वर्णन गरेका छन्
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छ कि: मैले भने: हे अल्लाहको रसूल! "इब्न जुदआनले" जाहिलियत (इस्लाम पूर्व) को समयमा नातागोतालाई कायम राख्थे, गरिबहरूलाई खाना खुवाउँथे। के यो उनको लागि पुण्य-जनक हुनेछ ? उहाँले भन्नुभयो: "यी कर्महरुले उसलाई केही फाइदा दिने छैन किनभने उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"मुस्लिमले वर्णन गरेका छन्
सुफयान बिन अब्दुल्लाह सकफी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"मुस्लिम र अहमदले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्। यसै बखत बारे अल्लाहले भन्नुभएको छ: "त्यस दिन ईमान स्वीकार्न ले पहिले ईमान स्वीकार नगरेको वा ईमान स्वीकार गरी पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै लाभ दिनेछैन ।[कुरआनः अल-अन्आम - ६ : १५८], र कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई जना मानिस कपडा किनबेच गरिरहेका हुनेछन्, तर त्यसलाई किन्न वा बेच्न र पट्याउन पाउनेछैनन्। र कयामत यसरी एक्कासि आउनेछ कि एक जना मानिस आफ्नो ऊँटनीको दूध निकालेर फर्किरहेको हुनेछ, तर त्यो दूध पिउन सक्ने छैन। र महाप्रलयको दिन यसरी अकस्मात् आउनेछ कि एक जना मानिसले आफ्नो इनारलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान सक्ने छैन । र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"मुत्तफकुन अलैहि
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें : "अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"मुत्तफकुन अलैहि
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"मुस्लिमले वर्णन गरेका छन्
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"मुस्लिमले वर्णन गरेका छन्
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"मुत्तफकुन अलैहि
अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ "तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"मुत्तफकुन अलैहि
अबू हुमैद वा अबू ओसैदले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।मुस्लिमले वर्णन गरेका छन्
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"इब्ने हिब्बानले वर्णन गरेका छन्
अब्दुल्लाह बिन अबू औफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बा'अदु।मुस्लिमले वर्णन गरेका छन्
उस्मान बिन अबुल आस् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।मुस्लिमले वर्णन गरेका छन्