NE
All hadiths
The complete card collection, filter by chapter
कुर्आन र उलूमे कुर्आन
26
हदीस र उलूमे हदीस
3
अकीदा
135
फिकह र उसूले फिकह
288
सद्गुण र आचरण
288
दावह र हिस्बा
15
जीवनी र इतिहास
38
655 hadiths
عن ابن مسعود رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «أيُّكم مالُ وارثِه أحَبُّ إليه من مالَه؟» قالوا: يا رسول الله، ما منَّا أحد إلا مَالُه أحَبُّ إليه. قال: «فإن مالَه ما قدَّم، ومالُ وارثِه ما أخَّر».
رواه البخاري
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।"
बुखारीले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एउटा गाउँले व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएर भन्यो: "मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु।" उनले भने: "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले यसमा केही कुरा थप्ने छैन।" जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले कुनै जन्नती (स्वर्गवासी) लाई हेर्न चाहन्छ, उसले यो व्यक्तिलाई देखोस्।"
मुत्तफकुन अलैहि
عن سهل بن سعد الساعدي ـرضي الله عنه- قَالَ رَسُول اللَّه -صَلّى اللهُ عَلَيْهِ وسَلَّم-: «لو كانت الدنيا تَعدل عند الله جَناح بَعوضة، ما سَقَى كافراً منها شَرْبَة ماء».
رواه الترمذي
अबू-सईद अल्-खुदरी र अबू-हुरैरह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"
मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"
मुत्तफकुन अलैहि
عن أبي مسعود البدري رضي الله عنه قَال: قَالَ رَسُولُ اللَّه -صَلّى اللهُ عَلَيْهِ وسَلَّم-: «حُوسِب رجُل ممن كان قَبْلَكُمْ، فلم يُوجد له من الخَيْر شيء، إلا أنه كان يُخَالط الناس وكان مُوسِراً، وكان يأمُر غِلْمَانَه أن يَتَجَاوَزُوا عن المُعْسِر، قال الله عز وجل : نحن أحَقُّ بذلك منه؛ تَجَاوزُوا عنه».
رواه مسلم
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो। यही दिन आदम (अलैहिस्सलाम) को सृष्टि गरियो, यही दिन उहाँलाई स्वर्गमा प्रवेश गराइयो, यही दिन उहाँलाई स्वर्गबाट निकालियो र कयामत पनि जुमाको दिनमा नै आउनेछ।"
मुस्लिमले वर्णन गरेका छन्
عَنْ أَبِي هُرَيْرَةَ رَضيَ اللهُ عنهُ أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «رُبَّ أَشْعَثَ مَدْفُوعٍ بِالْأَبْوَابِ لَوْ أَقْسَمَ عَلَى اللهِ لَأَبَرَّهُ».
رواه مسلم
जाबिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।"
बुखारीले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।"
मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : “अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मक्का जाने बाटोमा हिँडिरहनुभएको थियो। बाटोमा 'जुम्दान' नामक एउटा पहाड देखा पर्यो। तब उहाँले भन्नुभयो, ‘तिमीहरू अघि बढ, यो जुम्दान हो। एकल उपासकहरूले अग्रता लिइसके।’ मानिसहरूले सोधे, ‘हे अल्लाहका रसूल! एकल उपासकहरू भनेको को हुन्?’ उहाँले जवाफ दिनुभयो, ‘अल्लाहलाई धेरै सम्झने पुरुष र महिलाहरू
मुस्लिमले वर्णन गरेका छन्
मादान बिन अबू तल्हा यामुरीले बयान गरेका छन्, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा मुक्त गरिएका दास थौबान (रजियल्लाहु अन्हु) लाई भेटें र भनें: "मलाई यस्तो कुनै कार्य बताइदिनुहोस्, जुन गर्नाले अल्लाहले मलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ," अथवा मैले सोधें: "अल्लाहलाई सबैभन्दा प्रिय कार्य कुन हो?" उहाँ मौन रहनुभयो। मैले फेरि सोधें, उहाँ फेरि मौन रहनुभयो। तेस्रो पटक सोध्दा उहाँले भन्नुभयो: "मैले पनि यो कुरा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधेको थिएँ, उहाँले भन्नुभयो:'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'" मअदान भन्छन्: "त्यसपछि म अबु दरदा (रजियल्लाहु अन्हु) सँग भेटें र उहाँलाई पनि यही प्रश्न सोधें। उहाँले मलाई ठ्याक्कै थौबानले जस्तै उत्तर दिनुभयो।"
मुस्लिमले वर्णन गरेका छन्
عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «إذا قَام أحَدُكُم من الليل، فَاسْتَعْجَمَ القرآن على لِسَانه، فلم يَدْرِ ما يقول، فَلْيَضْطَجِع».
رواه مسلم
عَنْ سَهْلٍ رَضِيَ اللهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «إِنَّ فِي الْجَنَّةِ بَابًا يُقَالُ لَهُ الرَّيَّانُ، يَدْخُلُ مِنْهُ الصَّائِمُونَ يَوْمَ الْقِيَامَةِ، لَا يَدْخُلُ مِنْهُ أَحَدٌ غَيْرُهُمْ، يُقَالُ: أَيْنَ الصَّائِمُونَ، فَيَقُومُونَ لَا يَدْخُلُ مِنْهُ أَحَدٌ غَيْرُهُمْ، فَإِذَا دَخَلُوا أُغْلِقَ، فَلَمْ يَدْخُلْ مِنْهُ أَحَدٌ».
متفق عليه
عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم قال: «كان داود -عليه السلام- لا يأكلُ إلا من عمل يده». وعن المقدام بن معد يكرب رضي الله عنه عن النبي صلى الله عليه وسلم قال: «ما أكل أحد طعاما قط خيرا من أن يأكل من عمل يده، وإن نبي الله داود صلى الله عليه وسلم كان يأكل من عمل يده».
حديث أبي هريرة رضي الله عنه: رواه البخاري. حديث المقداد رضي الله عنه: رواه البخاري
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन् ।" जब उसले अल्लाह सर्वशक्तिमानलाई भेट्यो(अर्थात, जब उसको मृत्यु भयो), अल्लाहले उसलाई माफ गरिदिनु भयो ।
मुत्तफकुन अलैहि
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।" "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा गरिनेछ, ती व्यक्तिहरूबाहेक जसले सार्वजनिक रूपमा पापहरू गर्छन्। पाप सार्वजनिक गर्नुको अर्थ यो हो कि कुनै व्यक्तिले रातको समयमा कुनै पाप गर्छ र अल्लाहले उसको पापलाई कसैलाई थाहा लाग्न दिनुहुन्न, (तर) ऊ बिहान उठेर भन्छ: 'हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें।' यसरी अल्लाहले ढाकिदिनुभएको पापको आवरण उसले आफैँले च्यातिदिन्छ।"
मुत्तफकुन अलैहि
عَنْ سَعْدِ بنِ أبي وَقَّاصٍ رَضيَ اللهُ عنه قَالَ: كُنَّا عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: «أَيَعْجِزُ أَحَدُكُمْ أَنْ يَكْسِبَ، كُلَّ يَوْمٍ أَلْفَ حَسَنَةٍ؟» فَسَأَلَهُ سَائِلٌ مِنْ جُلَسَائِهِ: كَيْفَ يَكْسِبُ أَحَدُنَا أَلْفَ حَسَنَةٍ؟ قَالَ: «يُسَبِّحُ مِائَةَ تَسْبِيحَةٍ، فَيُكْتَبُ لَهُ أَلْفُ حَسَنَةٍ، أَوْ يُحَطُّ عَنْهُ أَلْفُ خَطِيئَةٍ».
رواه مسلم
عن ابن مسعود رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «لا حَسَدَ إلا في اثنتين: رجل آتاه الله مالا، فسَلَّطَه على هَلَكَتِهِ في الحَقِّ، ورجل آتاه الله حِكْمَة، فهو يقضي بها ويُعَلِّمَها». وعن ابن عمر رضي الله عنهما ، عن النبي صلى الله عليه وسلم قال: «لا حسد إلا في اثنتين: رجل آتاه الله القرآن، فهو يقوم به آناء الليل وآناء النهار، ورجل آتاه الله مالا، فهو ينفقه آناء الليل وآناء النهار».
حديث ابن مسعود رضي الله عنه: متفق عليه. حديث ابن عمر رضي الله عنه: متفق عليه
عن أبي هريرة ـ رضي الله عنه ـ قال: قال رسول الله صلى الله عليه وسلم : «لا يَلِجُ النارَ رجُل بَكى من خشية الله حتى يَعود اللَّبنُ في الضَّرْع، ولا يَجتمع غُبَارٌ في سبيل الله وَدُخَانُ جهنم».
رواه الترمذي والنسائي وأحمد
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई उहाँको निधन भन्दा तीन दिनअघि यस्तो भन्दै गरेको सुने: "तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।"
मुस्लिमले वर्णन गरेका छन्
عَنِ الزُّبَيْرِ بْنِ العَوَّامِ رَضِيَ اللَّهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «لَأَنْ يَأْخُذَ أَحَدُكُمْ حَبْلَهُ، فَيَأْتِيَ بِحُزْمَةِ الحَطَبِ عَلَى ظَهْرِهِ، فَيَبِيعَهَا، فَيَكُفَّ اللَّهُ بِهَا وَجْهَهُ خَيْرٌ لَهُ مِنْ أَنْ يَسْأَلَ النَّاسَ أَعْطَوْهُ أَوْ مَنَعُوهُ».
رواه البخاري
Previous page
Page 7 of 28
Next page