Hadith for the World

All hadiths

The complete card collection, filter by chapter

655 hadiths

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन : मलाई एक महिनाको दूरीसम्म डरले सहयोग गरिएको छ। सम्पूर्ण पृथ्वीलाई मेरो लागि उपासनास्थल र पवित्रताको माध्यम बनाइएको छ, त्यसैले मेरो उम्मतमध्ये जसले जहाँ पनि नमाजको समय पाउँछ, उसले त्यहाँ नमाज पढोस्। युद्धको धन मेरो लागि वैध गरिएको छ र मभन्दा पहिले कसैको लागि वैध थिएन। मलाई मध्यस्थता प्रदान गरिएको छ। अन्य नबीहरू आफ्नो समुदायको लागि खास गरेर पठाइएको थियो, तर मलाई सम्पूर्ण मानवजातिको लागि पैगम्बरको रूपमा पठाइएको छ।"मुत्तफकुन अलैहि
عن أنس بن مالك رضي الله عنه مرفوعًا: «من قال -يعني: إذا خَرج من بَيتِه-: بِسم الله تَوَكَّلتُ على اللهِ، وَلاَ حول ولا قُوَّة إِلَّا بالله، يُقَال له: هُدِيتَ وَكُفِيتَ وَوُقِيتَ، وَتَنَحَّى عَنه الشَّيطَان». زاد أبو داود: «فيقول -يعني: الشيطان- لِشَيطان آخر: كَيف لَك بِرَجلٍ قَد هُدِيَ وكُفِيَ ووُقِيَ؟».رواه أبو داود والترمذي
عن معاذ بن جبل رضي الله عنه عن رسول الله صلى الله عليه وسلم أنه قال: «قَالَ اللهُ -عَزَّ وجَلَّ-: المُتَحَابُّون فِي جَلاَلِي، لَهُم مَنَابِرُ مِن نُورٍ يَغْبِطُهُم النَبِيُّونَ والشُهَدَاء».رواه الترمذي وأحمد
मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।رواه أبو داود والنسائي وأحمد
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाह भन्नुहुन्छ: आदमको सन्तानको हरेक कर्म उसको लागि हो, (रोजा) उपवास बाहेक, किनकि यो केवल मेरो लागि हो र म यसको प्रतिफल दिनेछु । उपवास ढाल हो । जब तिमीहरू मध्ये कोही उपवासमा हुन्छ, उसले अश्लील कुरा नगरोस् वा हल्ला नगरोस्। यदि कसैले उसलाई गाली गर्छ वा बहस गर्छ भने, उसले भनोस्, "म उपवासमा छु।" अल्लाहको कसम, जसको हातमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को प्राण छ, रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहको दृष्टिमा कस्तुरीको सुगन्धभन्दा पनि पवित्र हुन्छ। रोजा राख्ने व्यक्तिको लागि दुई खुशीका अवसरहरू छन् जसमा ऊ खुशी हुन्छ: जब उसले आफ्नो रोजा तोड्छ, ऊ खुशी हुन्छ र जब उसले आफ्नो प्रभुलाई भेट्नेछ आफ्नो रोजाको कारण खुशी हुन्छ ।‎मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।"अबू दाऊदले वर्णन गरेका छन्
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"बुखारीले वर्णन गरेका छन्
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, "सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"तिर्मीजीले र निसाईले सुनन कुब्रा मा तथा इब्ने माजहले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही नै 'रिबात' (अल्लाहको मार्गमा जिहाद र सीमानामा पहरा दिनु) हो।"मुस्लिमले वर्णन गरेका छन्
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"मुत्तफकुन अलैहि
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"बुखारीले वर्णन गरेका छन्
عَنْ أَبِي هُرَيْرَةَ رَضيَ اللهُ عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «الدُّنْيَا سِجْنُ الْمُؤْمِنِ وَجَنَّةُ الْكَافِرِ».رواه مسلم
अबू- क़तादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।"मुत्तफकुन अलैहि
عن عبد الله بن عمرو بن العاص رضي الله عنهما أن رسول الله صلى الله عليه وسلم قال: «يَغْفِرُ الله للشَّهيد كُلَّ شيءٍ إلا الدَّين». وفي رواية له: «القَتْل في سَبِيل الله يُكَفِّر كلَّ شيءٍ إلا الدَّين».رواه مسلم
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्थ्यो : "दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"मुस्लिमले वर्णन गरेका छन्
عَنْ عَبْدِ اللهِ بْنِ مَسْعُودٍ رَضيَ اللهُ عنهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ كَانَ يَقُولُ: «اللهُمَّ إِنِّي أَسْأَلُكَ الْهُدَى وَالتُّقَى، وَالْعَفَافَ وَالْغِنَى».رواه مسلم
عن أبي هريرة، عن النبي صلى الله عليه وسلم قال: «إن العبد لَيَتَكَلَّمُ بالكلمة من رِضْوَانِ الله تعالى ما يُلْقِي لها بَالًا يَرْفَعُهُ الله بها درجاتٍ، وإن العبد لَيَتَكَلَّمُ بالكلمة من سَخَطِ الله تعالى لا يُلْقِي لها بَالًا يَهْوِي بها في جهنم». وعن أبي عبد الرحمن بلال بن الحارث المزني رضي الله عنه : أن رسول الله صلى الله عليه وسلم قال: «إن الرجل لَيَتَكَلَّمُ بالكلمة من رِضْوَانِ الله تعالى ما كان يظن أن تبلغ ما بَلَغَتْ يكتب الله له بها رِضْوَانَهُ إلى يوم يَلْقَاهُ، وإن الرجل لَيَتَكَلَّمُ بالكلمة من سَخَطِ الله ما كان يظن أن تبلغ ما بَلَغَتْ يكتب الله له بها سَخَطَهُ إلى يوم يَلْقَاهُ».حديث أبي هريرة -رضي الله عنه-: رواه البخاري. حديث بلال المزني -رضي الله عنه-: رواه الترمذي وابن ماجه ومالك وأحمد
عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال: «إنَّ في الجنَّة مائةَ دَرَجَة أعَدَّهَا الله للمُجاهِدين في سَبِيل الله ما بَيْنَ الدَّرَجَتَيْنِ كما بين السماء والأرض».رواه البخاري
عن جابر رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول: «إن في الليل لساعة، لا يُوَافِقُهَا رجُلٌ مُسلم يَسأل الله تعالى خيرًا من أمْرِ الدنيا والآخرة، إلا أعْطَاه إِياه، وذلك كُلَّ ليلة».رواه مسلم
عن أبي هريرة رضي الله عنه : أن رجلًا أتى النبي صلى الله عليه وسلم يَتَقَاضَاهُ فَأغْلَظَ له، فَهَمَّ به أصحابه، فقال رسول الله صلى الله عليه وسلم : «دَعُوه، فإن لِصَاحب الحَقِّ مَقَالا» ثم قال: «أعْطُوهُ سِنًّا مِثْل سِنِّهِ» قالوا: يا رسول الله، لا نَجِدُ إلا أمْثَلَ مِنْ سِنِّهِ، قال: «أعْطُوه، فإن خَيْرَكم أحْسَنُكُم قَضَاء».متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"मुत्तफकुन अलैहि
शुरैह बिन हानि भन्नुहुन्छ: मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।मुस्लिमले वर्णन गरेका छन्